Tikapur Chamber of Commerce and Industry
  • About Us
    • Introduction
    • Executive Committee
    • Councils/Committees
    • Business Code of Conduct
    • Secretariat
    • Contact
  • Members
    • How to become a member ?
    • Members overview
    • Members
      • AM
  • Services
    • AEC
    • Overview
  • Activities
    • Upcomming activities
    • Past Events
    • Trade Fairs
  • Media Room
    • News Clipping
    • News
    • Press Release
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Downloads
    • Downloads
  • Info
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • News Clipping
  • News
  • Press Release
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
प्रादेशिक महोत्सव २०७४ सम्बन्धी प्रेस विज्ञप्ति
January 09, 2018
नेपालगञ्ज उद्योग वाणिज्य संघको स्वर्णिम वर्षको अवसरमा यहि माघ ११ गते देखि २२ गते सम्म आयोजना हुन गईरहेको "प्रादेशिक महोत्सव–२०७४" को जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित भएका छौ । वि.सं. २०५७ साल देखि हाम्रा अग्रजहरुले आरम्भ गर्नुभएको महोत्सवको आफ्नै गरिमा र लोकप्रियता रहँदै आएको छ । यस महोत्सवलाई जिल्लावासीले मात्र होइन सम्पूर्ण प्रदेशवासी जनसमुदायले महान पर्वको रुपमा आत्मसात गर्दै आएका छन् । यो हाम्रो कार्यकालको प्रथम महोत्सव हो, यसक्रममा हामी आज महोत्सवको सातौ सस्ंकरणको संघारमा आईपुगेका छौ । विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा प्रदर्शनी स्थल निर्माण सहयोर्गाथ महोत्सव आयोजना गर्न लागिएको हो । यस बाहेक प्रदेशभित्र थप नयाँ उद्योग व्यवसायलाई विकसित गर्दै स्वाधीन र बलियो प्रदेश निर्माण गर्ने अभियानमा टेवा पुर्याउँदै राष्ट्र र प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

नेपालगञ्ज शहर यस ५ नं. प्रदेशका साथै ६ नम्बर प्रदेशको पनि ब्यापारीक द्वारको रुपमा रहेको छ भन्ने अतिशयोक्ति नहोला । प्राकृतिक विविधताहरुका साथै भाषा–भाषि, जात–जाती, धर्म–संस्कृतीको संगमले सजिएको यस क्षेत्र आफैमा एउटा उदाहरणीय धरोहरको रुपमा अनन्तकाल देखि अघि बढिरहेको छ । महोत्सवका माध्यमबाट यहि विविधता र एकतालाई प्रतिबिम्वित गर्ने प्रयत्नका साथ यस प्रदेशको  एकता र  सद्भावलाई अझै प्रगाढ र बलियो बनाउने हाम्रो प्रयास रहने छ । माथि उल्लेखित पवित्र उद्देश्य प्राप्तीकालागी आयोजना गर्न लागिएको प्रादेशिक महोत्सव–२०७४ मा साना तथा मझौला कृषक आयस्तर वृद्घि आयोजना (RISMFP) ले सह–आयोजकको भुमिकामा यस संघसँग हातेमालो गर्दै सहकार्य गर्ने निर्णय गरेकोमा हामी अत्यन्त उत्साहित र हर्षित भएका छौ । यसै गरि नेपालगञ्ज उद्योग वाणिज्य संघमा आवद्ध सम्पूर्ण वस्तुगत संघ–संगठनहरु तथा अन्य सहयोगी संघ–संस्थाहरुले यस महोत्सवमा सहयोग र सहकार्यका लागी तत्परता र प्रतिवद्धता देखाउनु भएकोमा हामी हर्षित छौं । महोत्सवलाई भब्य रुपमा सु–सम्पन्न गर्नकालागि यस संघका अध्यक्ष तथा प्रादेशिक महोत्सव–२०७४ को संयोजक श्री नन्दलाल वैश्य ज्यूको संयोजकत्वमा ७ सय ५१ सदस्यीय मुल आयोजक समिति तथा २२ वटा उप–समिति समेत गठन गरिएको सहर्ष जानकारी गराउन चाहन्छौं । 

बाँके जिल्ला एवं यस क्षेत्रकै प्रतिष्ठाको रुपमा रहँदै आएको यस महोत्सवलाई सम्पुर्ण उद्योगी, ब्यवसायीहरु, यस संघसँग आवद्ध रहेका बिभिन्न वस्तुगत संघ–संगठनहरु लगाएत बिभिन्न राजनैतिक दलहरु, स्थानिय प्रशासन, स्थानिय निकाय, सुरक्षा निकाय, शिक्षक, विद्यार्थी, वुद्धिजीवी, संचारकर्मी, सरकारी कार्यालयहरु, विभिन्न सामाजिक, धार्मिक, सांस्कृतिक संघ–संस्थाहरु एवं सम्पूर्ण जिल्लावासीहरुलाई महोत्सव भब्य तथा ऐतिहासीक रुपमा सफल बनाउन महत्पूर्ण भुमिका निर्वाहकालागी हार्दिक अनुरोध गर्दछौं ।

© Copyright 2016. All Rights Reserved. Nepalgunj Chamber of Commerce and Industry